अत्तरिया – प्रतिनिधि सभा सदस्य तारा लामा तामाङले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० लाई सदनमा प्रस्तुत गर्न माग गरेका छन् ।

बुधवार सदनको शून्य समयमा बोल्दै लामाले विधेयकलाई यसै सत्रको सदनमा यथाशीघ्र प्रस्तुत गर्न माग गरेका हुन । उनले राष्ट्रिय सभाबाट पास भएको विधेयक गत हिउँदे अधिवेशनको अन्तिम दिन र यसै सत्र वैशाख १५ गतेको सम्भावित दैनिक कार्यसूचीमा राखेको भए पनि शिक्षक आन्दोलनका कारण प्रस्तुत हुन नसकेको बताए ।

उनले सम्पूर्ण सूदुरपश्चिमेलिहरु र सरोकारवालाहरू सबैको भावनालाई विचार गरी विधेयकलाई सदनमा प्रस्तुत गर्न माग गरे ।
उसैबिच उनले वैशाख ९ गते कञ्चनपुरको बेल्डाडी गाउँपालिका – ३ कमरीका हरि किशन रानाको बेलौरी नगरपालिका – १० निर्मल आर्यघाट सडक छेउमा मोटरसाइकल सहित जलाएर भएको हत्या र लालझाडी गाउँपालिका – ४ जाई मोटरघाटमा वैशाख १७ गते भएको शङ्कास्पद मृत्युको सूक्ष्म तरिकाले अनुसन्धान गरी घटनाको सत्य तथ्य बाहिर ल्याउन सरकारको ध्यानाकर्षण गराएका थिए ।