खाेज्नुहाेस

एकीकृत समाजवादीले बुझायो गोदावरी नगरपालिकालाई १२ बुँदे माग सहितको ज्ञापन पत्र

Image

अत्तरिया – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले १२ बुँदे माग सहित गोदावरी नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ । बुधवार समाजवादीको ‘सुशासन र रोजगारी समाजवादीको तयारी’ भन्ने मूल नाराका साथ देशभरिका ७५३ वटै स्थानीय पालिकाहरूमा ज्ञापन पत्र बुझाउने कार्यक्रम अन्तरगत गोदावरी नगरपालिकालाई ज्ञापन पत्र बुझाइएको हो ।

नगर कमिटी अध्यक्ष वीर बहादुर पालको हस्ताक्षर रहेको ज्ञापन पत्रमा आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रममा समावेश गर्न १२ बुँदे माग सहित ज्ञापन पत्र बुझाइएको छ ।

attariya hospital
navjiwan hospital

ज्ञापन पत्रमा भूमिहीन तथा अव्यवस्थित बासिन्दालाई लालपुर्जा वितरण गरी सम्मानजनक बसोबास सुनिश्चित गरिनुपर्ने, सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय शीघ्र सञ्चालनका लागि आवश्यक पहल गर्न, अत्तरिया बसपार्कलाई सुविधा सम्पन्न बनाई अत्तरिया बजार क्षेत्रमा ढल निकासको उचित व्यवस्था गर्न माग गरिएको छ ।

यस्तै किसानलाई मल, बीउ, कृषि यन्त्र, सिँचाइ तथा बजार पहुँचमा सहुलियत दिन, चुरे क्षेत्रको संरक्षण गर्दै वातावरण मैत्री पूर्वाधार योजना लागु गर्न, दलित, आदिवासी–जनजाति, मुस्लिम, महिला, युवा लगायत सीमान्तकृत समुदायका लागि लक्षित शिक्षा, स्वास्थ्य, रोजगारी र आवास कार्यक्रम सञ्चालनमा विशेष ध्यान दिई बजेट विनियोजन गर्न, सबै वडामा स्वास्थ्य सेवा सुदृढीकरण, मातृ शिशु सेवा, निःशुल्क औषधी तथा अपाङ्गता भएका र वृद्ध व्यक्तिहरूका लागि विशेष कार्यक्रम सञ्चालन गर्न, महिला सशक्तीकरणका लागि सीप विकास, सहुलियत ऋण, साना उद्यममा पहुँच विस्तार गर्न माग गरिएको छ ।

यस्तै शिक्षा पूर्वाधार सुधारका लागि विद्यालय भवन, शिक्षक तालिम, पुस्तकालय, डिजिटल सामग्रीमा लगानी गर्न, गोदावरीमा प्रस्तावित राजधानी निर्माणको प्रक्रियालाई तीव्रता दिनका लागि पहल गर्न, नगरको समग्र समावेशी पूर्वाधार विकास सुनिश्चित गरी समान अवसरको प्रत्याभूति गर्न र स्थानीय परम्परा, जात्रा, कला र सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन मार्फत आन्तरिक पर्यटन विकासमा जोड दिन माग गरिएको छ ।

maya metro hospital