खाेज्नुहाेस

भूमि अधिकार तथा श्रमिक संगठन नेपालको दोस्रो राष्ट्रिय महाधिवेशन टीकापुरमा सुरु

Image

टीकापुर – नेकपा (एमाले) निकट भूमि अधिकार तथा श्रमिक संगठन नेपालको दोस्रो राष्ट्रिय महाधिवेशन कैलालीको टीकापुरमा सुरु भएको छ।

महाधिवेशनमा देशभरका ६४ जिल्लाबाट करिब ६०० प्रतिनिधिहरू सहभागी भएका छन्। अधिवेशनको एमाले महासचिव शंकर पोखरेलले उद्घाटन गरेका छन् ।

attariya hospital

कार्यक्रममा बोल्दै उनले भूमिहीन र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न सरकारले ल्याएको अध्यादेशविरूद्ध माओवादीसहितका दलहरू उभिएका कारण समस्या हल हुन नसकेको बताएका छन् ।

उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संसद्‍मा भूमिहीनको पक्षमा चर्का कुरा गर्ने तर समस्या समाधान गर्न सरकारले ल्याएको अध्यादेशको विरोधमा उत्रिएको आरोप लगाए ।

navjiwan hospital

‘माओवादी अध्यक्ष संसद्‍मा भूमिहीन सुकुमवासीको पक्षमा चर्का कुरा गर्नुहुन्छ । तर, भूमिहीन र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि सरकारले अध्यादेश ल्याउँदा विरोध गरे,’ उनले भने, ‘माओवादी, एकीकृत समाजवादी पार्टी र मधेशवादी दलहरू त्यसविरुद्ध खडा भएका कारण समस्या समाधान हुन सकेन ।’

maya metro hospital

उनले अध्यादेश जारी भएको भए भूमिहीन समस्याको समाधान प्रक्रियामा गइसक्ने दाबी गरेका छन् । तर, अब भने प्रक्रिया नराकिने बताए ।

‘अब यो प्रक्रिया कसैले रोकेर पनि रोकिने छैन,’ उनले भने, ‘छिट्टै भूमिहीनहरूले जग्गामा आफ्नो अधिकार प्राप्त गर्नेछन् ।’

Karma Consultancy

पोखरेलले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा गठन भएको भूमि आयोगलाई अदालतमा मुद्दा हालेर काम गर्न नदिएको पनि बताए ।

उनले अब एमालेकै सरकारले भूमिहीन र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने दाबी गरे ।