खाेज्नुहाेस

अत्तरियामा खुल्यो सुविधासम्पन्न जिम क्लब ‘बिगबुल’

Image

अत्तरिया– कैलालिको अत्तरियामा सुविधा सम्पन्न जिम क्लब संचालनमा आएको छ । स्थानिय ४ जना युवाहरुले सुदुरपस्चिम मै पहिलो पटक सुविधा सम्पन्न बिग बुल जिम क्लब संचालनमा ल्याएका हुन ।

करिव पौने ३ करोडको लागतमा निर्माण गरीएको उक्त जिम जिम क्लबको शनिवार उद्घाटन गरिएको छ । कंचनपुरको कृष्णपुर नगरपालिकामा रहेको बनदेवी मन्दिरका महन्त लोमस गिरि महाराजले उक्त जिम क्लबको उद्घाटन गरे । स्थानिय युवाहरु राजु भट्टराई, रन्जित लामा, मनोज पान्डेय र दिपु भट्ट मिलेर उक्त जिम क्लब संचालनमा ल्याएका हुन ।

attariya hospital

क्लबमा बैशाख महिनाभरी भर्ना शुल्क निशुल्क हुने संचालक राजु भट्टराईले जानकारी दिए । पछिल्लो समय युवाहरुमा लागुऔषधको कुलत बढ्दो क्रममा रहेकाले त्यस्ता कुलतहरुबाट बचाउन र शरिरलाई स्वस्थ राख्नका लागि पनि जिम क्लबले महत्वपुर्ण भुमिका निर्वाह गर्ने उनले बताए । ‘अत्तरियातिरका युवाहरु प्रायजसो कुलतमा फसेको देखियो’ उनले भने ‘उनिहरुलाई स्वस्थ र व्यस्त राख्नका लागि पनि जिमको जरुरत देखेकाले हामीले सुविधासम्पन्न जिम क्लबका रुपमा यसलाई सञ्चालनमा ल्याएका हौ ।’

navjiwan hospital

उनले अत्तरिया क्षेत्रमा जिम क्लबहरु भएपनि सबै सुविधासम्पन्न जिम पहिलो पटक सञ्चालनमा आएको बताए । उनले जिमका लागि आवश्यक पर्ने सम्पुर्ण उपकरणहरु भारतको जलन्धरबाट ल्याईएको बताए । उनले जिम क्लबको सञ्चालनका लागि जमिनको मासिक २५ हजार रुपैया भाडा दिने गरेको बताए ।

उनले तत्कालको बजार नहेरी भविष्यलाई मध्यनजर गर्दै प्रदेशमै पहिलो पटक सुविधासम्पन्न जिम क्लब सुरु गरिएको बताए । उनले एसइई दिएर बसेका विद्यार्थीहरुलाई पनि निशुल्क भर्ना गरिने बताए ।  उनका अनुसार हालसम्म जिम क्लब सञ्चालनका लागि करिब पौने ३ करोड लागत लागिसकेको छ भने अझै केही व्यवस्थापन र एसीहरु जडान, प्रोटीन हाउस, जुस सेन्टर सञ्चालन लगायतका लागि लागत बढ्ने बताए ।

maya metro hospital

जिम हाउसका अर्का सञ्चालक एवम् प्रशिक्षक रञ्जित लामाले फिटनेसलाई प्रमोसन गर्न र ग्राहकहरुको मागलाई मध्यनजर गरी जिम क्लब सञ्चालनमा ल्याईएको बताए । उनले फाईदा र बिजनेसका दृष्ट्रिकोणले मात्रै नभई सेवामुलक कार्यका रुपमा जिम क्लबलाई अगाडी बढाइएको बताए । ‘यसलाई फाईदा एवम् बिजनेसको हिसाबले हेर्दा टोटल घाटामा छ’ उनले भने ‘तर यसलाई सेवामुलक दृष्ट्रिकोणले पनि हामीले अघि बढाएका छौ, त्यसैले पनि यसलाई अहिले बिजनेस प्वाईन्टलाई अलग राखेर सेवामुलक रुपमा लागेका छौ ।’

उनले जिमको दुनियाँमा बिगबुलमा अत्याधुनिक किसिमका सामग्रीहरु रहेको बताए । उनले बिगबुलमा फिटनेसका लागि आउदा कुनै पनि अपरिपुर्णता नपाईने समेत बताए ।

Karma Consultancy