धनगढी – जिल्ला समन्वय समिति अछामकी उप–प्रमुख दानमति बम शाहीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत, अछाममा झगडा गरेको अभियोगमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पञ्चदेवल–विनायक नगरपालिकाकी स्थानीय समेत रहेकी शाही विनोद शाही हत्या प्रकरणसँग सम्बन्धित रहेर झगडा गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको बताएको छ।

तर, अछाम प्रहरीले फागुन १८ गते भएको झगडाका कारणले उनलाई नियन्त्रणमा लिएको दाबी गरेको छ । दानमतिलाई नियन्त्रणमा लिनु विनोद शाहीको हत्या प्रकरणसँग सम्बन्धित नरहेको दाबी प्रहरीले गरेको छ ।