खाेज्नुहाेस

एकीकृत समाजवादीद्धारा गेटामा छिटो स्वास्थ्य विश्वविद्यालय सञ्चालन गर्न माग

Image

धनगढी – नेकपा एकीकृत समाजवादीले कैलालीको गेटामा अविलम्ब स्वास्थ्य विश्वविद्यालय सञ्चालन गर्न माग गरेको छ । पार्टीको सुदूरपश्चिम प्रदेश कमिटिले शुक्रबार कार्यवाहक मुख्यमन्त्री बहादुर सिह थापालाई ज्ञापनपत्र बुझाउदै सो माग गरेको हो ।

navjiwan hospital

पार्टीका पोलिट व्यरो सदस्य तथा प्रदेश सह–इचार्ज दीर्घ सोडारीको नेतृत्वमा समाजवादीले २१ बुदे माग राख्दै कार्यवाहक मुख्यमन्त्री बहादुर सिंह थापालाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्रको १ नम्बर बुँदामा भनिएको छ, ‘गेटा (सहिद दसरथचन्द) स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन सम्बन्धि हुने कानूनी र संरचनागत प्रकृया छिटो टुंग्याई यथासक्य सञ्चालनको माग गर्दछौं ।’

attariya hospital

सुदूरपश्चिम प्रदेशका समस्या, बस्तुस्थिति, बाटो, बिजुली, उत्पादन, कृषि, शिक्षा, स्वास्थ्य, खेलकुद, रोजगार, सुशासन, पारदर्शीता, जबाफदेहिता लगायतका विषयहरू ज्ञापन पत्रमा समेटिएको प्रदेश सचिव सुरेन्द्रमान कार्कीले जानकारी दिए । ज्ञापन पत्र बुझ्दै कार्यवाहक मुख्यमन्त्री बहादुर सिंह थापाले ज्ञापन पत्रमा समेटीएका जायज मागहरु सरकारले सम्बोधन गर्ने बताए । उक्त कार्यक्रममा पार्टी केन्द्रीय सदस्य, प्रदेश कमीटीका सदस्य र कैलालीका पदाधिकारीहरुको सहभागीता रहेको थियो ।