डडेल्धुरा – डडेल्धुराको नवदुर्गा गाउँपालिकाका तीन शाखामा आगालागी भएको छ । शनिबार दिउँसो स्वास्थ्य शाखा, महिला तथा बालबालिका शाखा र आन्तरिक लेखा परीक्षण शाखामा आगालागी भएको हो ।

प्रिप्याफ संरचनाका भवन रहेको आगलागीबाट तीनै शाखामा जलेर नस्ट नभएको गाउँपालिका अध्यक्ष लक्ष्मी प्रसाद अवस्थीले बताए ।

उनले जंगलमा लागेको आगो फैलिँदै गाउँपालिकाका तीन वटै शाखा भएको भवनमा पुगेको बताए । आगलागीबाट तीन वटै शाखाका सामान र महत्वपूर्ण कागजात जलेर नष्ट भएका छन ।
हाल पनि जंगल क्षेत्रमा आगो नियन्त्रणमा नआएकाले जोखिम कायमै रहेको उनले बताए । आगलागी स्थानीय, नेपाली सेना र प्रहरीले निभाउने प्रयास गरिरहेको छन ।