खाेज्नुहाेस

सन्त निरंकारी मण्डल अत्तरियाद्धारा रक्तदान शिविर

Image
navjiwan hospital

अत्तरिया – कैलालीको अत्तरियामा रहेको सन्त निरंकारी मण्डल नेपाल शाखा अत्तरियाले रक्तदान शिविरको आयोजना गरेको छ । शनिवार सन्त निरंकारी मिसन मानव एकता दिवसको अवसरमा रक्तदान शिविरको आयोजना गरेको हो ।

मानिसको रगत नालीमा होइन नाडीमा बगाऔँ भन्ने नाराका साथ आयोजना गरिएको रक्तदान शिविरमा ४१ पोइन्ट रगत संकलन भएको सन्त निरंकारी मण्डल नेपाल शाखा अत्तरियाका प्रमुख दीपक सिंहले बताए । रक्तदान कार्यक्रम सन्त निरंकारी सत्संग भवन अत्तरियामा भएको थियो ।

attariya hospital