खाेज्नुहाेस

पञ्चेश्वर परियोजना थप गतिका साथ अगाडि बढाउने विषयमा छलफल

Image

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच पञ्चेश्वर परियोजना थप गतिका साथ अगाडि बढाउने विषयमा छलफल भएको छ ।

भारतका विद्युत् तथा सहरी आवास मन्त्री मनोहरलाल खट्टरको नेपाल भ्रमणको क्रममा भएको दुई प्रधानमन्त्री बिचको छलफलमा पञ्चेश्वर परियोजना थप गतिका साथ अगाडि बढाउने विषयमा छलफल भएको हो ।

godawari nagarpalika dadhelo
attariya hospital
navjiwan hospital

मन्त्रीस्तरीय भ्रमणमा दुई देशका प्रधानमन्त्रीले समेत चासो राखेर गरिएको संवादले दुई देशबीच ऊर्जा क्षेत्रको विकासका लागि कोशेढुंगा सावित हुने ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बताए ।

ऊर्जामन्त्री खड्काको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणमा आएका मन्त्री खट्टरले प्रधानमन्त्री ओलीसँग पनि शिष्टाचार भेट गरेका थिए ।

उक्त क्रममा नेपाल–भारतको पछिल्लो अवस्था र ऊर्जा क्षेत्रको विकासका सम्बन्धमा मन्त्री खट्टरले प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री ओलीसँग टेलिफोन संवाद गराएका थिए ।