खाेज्नुहाेस

अछामको साँफेबगरका आगलागी पीडितलाई सुदूरपश्चिम सरकारले १० लाख सहयोग गर्ने

Image

धनगढी – अछामको साँफेबगर नगरपालिका – ३ हाटबजारमा शनिवार बिहान भएको आगलागी पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले तत्काल दश लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

शनिवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको प्रदेश विपद् जोखिम न्यूनीकरण तथा नियन्त्रण परिषद्को बैठकले अछामका आगलागी पीडितका लागि तत्काल नगरपालिकालाई मानवीय सहायता स्वरूप १० लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।

attariya hospital
navjiwan hospital

शनिवार बिहान पौने ४ बजेको समयमा अछामको साँफेबगर बजारमा रहेको हाटबजारमा आगलागी हुँदा १० वटा पसल जलेर नष्ट भएका थिए ।

स्थानीय प्रेम खड्काले सञ्चालन गरेको शुभेच्छा मःम सेन्टरमा विद्युत् सर्ट भएर आगलागी हुँदा १० वटा जस्ता पाताले छाएका पसल जलेर नष्ट भएका थिए ।

यसअघि चैत २६ गते अछामको बान्नीगढी जयगढा गाउँपालिकामा रहेको जयगण बजारमा समेत आगलागी हुँदा २७ पसल जलेर नष्ट भएका थिए । यसअघि भएको आगलागी पीडितलाई प्रदेश सरकारले ५० लाख सहयोग गर्ने घोषणा गरेको थियो ।

maya metro hospital