खाेज्नुहाेस

अछाममा भीषण आगलागी, १० पसल जलेर नष्ट

Image

अछाम – अछामको साफेबगर बजारमा रहेको हाटबजारमा आगलागी भएको छ । शनिबार बिहान पौने ४ बजेको समयमा हाटबजारमा आगलागी हुँदा १० वटा पसल जलेर नष्ट भएका छन् ।

navjiwan hospital

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) ईश्वरीप्रसाद भण्डारीले स्थानीय प्रेम खड्काले सञ्चालन गरेको शुभेच्छा मःम सेन्टरमा विद्युत सर्ट भएर आगलागी भएको जानकारी दिए । उनकाअनुसार आगो अन्य पसलहरुमा समेत फैलिदा १० वटा जस्ता पाताले छाएका पसल जलेर नष्ट भएका छन् ।

attariya hospital

तर मानवीय र पशुचौपाया क्षति भने भएको छैन । प्रहरीले सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो बिहान ६ बजे नियन्त्रणमा लिइएको जनाएको छ । आगलागीबाट १० पसल जलेपनि क्षतिको यकिन विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

केही समयअघि अछामको बान्नीगढी जयगढ गाउँपालिकामा रहेको जयगढ बजारमा समेत आगलागी भएको थियो ।