खाेज्नुहाेस

डडेल्धुरामा आगलागी हुँदा ५ लाख बढीको क्षति

Image
file photo
navjiwan hospital

अत्तरिया– डडेल्धुरामा आगलागी हुँदा ५ लाख बढीको क्षति भएको छ । शुक्रबार बिहान करिब ४ बजेतिर जिल्लाको परशुराम नगरपालिका–१० दुम्सीजलाका लक्ष्मण बुढाको २ तले घरमा आगलागी भएको थियो आगलागीबाट ५ लाख १७ हजार बरारबरको धनमाल जलेर नष्ट भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

४ कोठे ढुंगामाटोले बनेको र टायलले छाएको कच्ची घरमा आगलागी भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार आगलागीबाट मानविय तथा पशु क्षति नभएपनि धनमाल भने जलेर नष्ट भएको थियो । स्थानिय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

attariya hospital