खाेज्नुहाेस

कश्मीरमा मारिएका सुदिपको शव नेपाल ल्याइयो

Image

बुटवल – भारतको जम्मु कश्मीरमा आतंकवादी हमलामा मारिएका बुटवलका सुदीप न्यौपाको शव नेपाल ल्याइएको छ। मंगलबार दिउँसो बन्दुकधारी आतंकवादीले गोली हानेर हत्या गरेका सुदिपको शव भारतको नयाँ दिल्लीबाट लखनउसम्म हवाई मार्गबाट र त्यहाँबाट बेलहिया नाका हुँदै सडक मार्गबाट ल्याइएको रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रन्जितसिंह राठौरले जानकारी दिए ।

navjiwan hospital

‘आज (बिहीबार) बिहान सुदिपको डेथ बडी बेलहिया नाका आइपुग्यो । अब यहाँबाट हामीले बुटवल घरसम्म पुर्‍याइदिन्छौं’, प्रहरी उपरीक्षक राठौरले भने । २७ वर्षीय सुदिप आमा रिमाकला, बहिनी सुष्मा र ज्वाइँ युवराज काफ्लेसहित शनिबार बुटवलबाट कश्मीरको वैसरण उपत्यकामा हिउ खेल्न र घुम्न भन्दै त्यसतर्फ प्रस्थान गरेका थिए।त्यहाँ पुगेर घुमफिरमा रमाइरहेका बेला मंगलबार दिउँसो एक्कासी बन्दुकधारी आतंकवादीले गोली हानेर सुदिपको हत्या गरेका थिए ।

attariya hospital

सुदिपसँगै गएकी आमा रिमाकला, बहिनी र ज्वाइँले भागेर ज्यान जोगाएका थिए । भाग्ने क्रममा रिमाकला सामान्य घाइते भएकी छिन् । सुदिपको शवसँगै आमा र बहिनी ज्वाइँ पनि रुपन्देही आएका छन् । उक्त आतंकवादी घटनामा कम्तिमा २६ जना मारिएका छन्, तीमध्ये दुई जना विदेशी नागरिक थिए ।