खाेज्नुहाेस

गोदावरी– १० मा तेस्रो नगरस्तरिय मेयर कप क्रिकेट प्रतियोगिता सुरु

Image

अत्तरिया– कैलालीको गोदावरी नगरपालिकामा नगरस्तरिय तेस्रो मेयर कप क्रिकेट प्रतियोगिता सुरु भएको छ । नगरपालिकाको आर्थिक सहयोगमा नगरकै वडा नं. १० मा रहेको न्यू सितापुर युवा क्लबले प्रतियोगिताको आयोजना गरेको हो ।

बुधबार एक औपचारीक कार्यक्रमका बिच प्रतियोगिताको उद्घाटन गरिएको छ । क्लबका अध्यक्ष श्याम बहादुर स्वाँरको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्ट रहेका थिए । कार्यक्रममा बोल्दै उनले खेलाडीका हक हितका विषयमा नगरपालिका प्रतिबद्ध रहेको बताए ।

attariya hospital
navjiwan hospital

उनले खेलाडीको भविष्य निर्माणका लागि आवश्यक संरचना र पूर्वाधार विकासमा नगरपालिकाले प्राथमिकता दिने बताए । ‘युवा पुस्ता अनुशासन, स्वास्थ्य र नेतृत्व क्षमताको विकास खेलमार्फत् गर्न सक्छन्’ उनले भने ‘त्यसैले खेल मैदानको व्यवस्थापन, स्तरीकरण र नियमित प्रतियोगिताको आयोजना हाम्रो प्रमुख योजना हो ।’ नगर प्रमुख भट्टले सितापुर टोलमा रहेको खेल मैदानलाई स्तरीय बनाउँदै आवश्यक सुविधा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा गोदावरी नगरपालिका वडा नं. १ का वडाध्यक्ष तथा नगरप्रवत्ता गोपाल दत्त भट्ट, वडा नं. ३ का वडाध्यक्ष तेजराज अवस्थी, वडा नं. १० का वडाध्यक्ष रविन्द्र शाही (गुड्डु) लगायतका विभिन्न संघंसंस्थाका प्रतिनिधि तथा स्थानियहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन क्लबका सचिव भीम जैगडीले गरेका थिए ।

यही वैशाख २१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा अत्तरिया र धनगढीका १० वटा टीमहरुको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टोलीले नगद रु. १ लाख १ हजार १११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुने टोलीले नगद रु. ५१ हजार १११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने सचिव जैगडीले बताए ।

maya metro hospital

उनका अनुसार प्रतियोगिता लिग कम नकआउट चरणमा खेलाईनेछ । उनले नगरस्तरिय तेस्रो मेयर कपका रुपमा प्रतियोगिता सञ्चालन गरिएको बताए । प्रतियोगिताका लिगचरण खेलहरु १२ ओभर, सेमिफाईनल खेल १५ ओभर र फाईनल खेल २० ओभरको खेलाईने सचिव जैगडीले बताए ।