चट्याङ लागेर एक वर्षमा ७८ जनाको मृत्यु

काठमाण्डौं – नेपालमा चट्याङ लागेर एक वर्षमा ७८ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार यस वर्ष वैशाखदेखि चैत २८ गतेसम्ममा ७८ जनाको मृत्यु चट्याङकै कारण भएको हो ।

Karma Consultancy

यो एक वर्षमा चट्याङबाट घाइते हुनेको सङ्ख्या ३०९ पुगेको छ । चट्याङले हालसम्म ५५६ घरपरिवार प्रभावित भएका छन् । जसबाट करिब एक करोड ४३ लाख रुपियाँबराबरको क्षति भएको प्राधिकरणले जनाएको छ ।

citizen security services

प्री मनसुन सक्रिय भएसँगै चैत २७ यता मात्रै चट्याङले आठ जनाको मृत्यु भइसकेको छ । प्री मनसुनको समयमा नेपाल, भारत, बङ्गलादेश र भुटानसहितका दक्षिण एयिसाली देशमा बढी चट्याङ पर्ने गरेको छ । विगत केही दिनमा भारतमा मात्र चट्याङ लागेर ६० जनाको मृत्यु भएको थियो ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.