खाेज्नुहाेस

भारतबाट पक्राउ परेका दुर्गा प्रसाईंलाई नेपाल ल्याईयो

Image

झापा – राजावादीले गरेको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईलाई झापा ल्याइएको छ। प्रहरीको विशेष टोलीले उनलाई काँकटभिट्टा नाकाहुँदै नेपाल ल्याएको हो।

navjiwan hospital

उनलाई भद्रपुर विमानस्थलबाट शुक्रबार बुद्ध एयरको जहाजबाट काठमाडौं पठाउने तयारी गरेको छ। प्रहरीले उनलाई अहिले जिल्ला प्रहरी कार्यालय झापामा राखेको छ।

attariya hospital

राजावादीको नाममा तीनकुनेमा हिंसा भड्काउन मुख्य भूमिका खेलेका मेडिकल व्यवसायी प्रसाईंले भारतीय प्रहरीसमक्ष आफूले आत्मसमर्पण गरेको दाबी गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत आफू भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेको दाबी गरेका हुन्।

प्रहरीको टोली प्रसाईंलाई खोज्न केही दिन अगाडि भारत गएको थियो।