अत्तरिया– बिहीबार साँझ डोटीको एक खोलामा डुबेर बेपत्ता भएका युवकको शव फेला परेको छ । नुहाउनका लागि खोलामा गएर बेपत्ता भएका जिल्लाको शिखर नगरपालिका – ४ बनोली बस्ने गणेश महराका १९ बर्षिय छोरा नरेश महराको शव फेला परेको प्रहरीले जनाएको छ ।

सोहि पालिकाका वडा नम्बर ५, तिजाली र ७ को सिमानामा पर्ने ठुलिगाड (खोला) मा नुहाउने क्रममा उनि बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । कार्यालयका प्रहरी उपरिक्षक विनोद शर्माले स्थानिय र प्रहरीको सहकार्यमा शुक्रबार खोलामै युवकको शव फेला परेको बताए ।


उनका अनुसार खोलाको दहक्षेत्रमा नुहाउनका लागि गएका ति युवक सोही स्थानमा दोस्रो दिन मृत अवस्थामा फेला परेका हुन । शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल लैजाने तयारी भैरहेको उनले बताए ।