खाेज्नुहाेस

अत्तरियामा आयोजित ‘दुर्गालक्ष्मी दौडिन्छ..’ म्याराथुन प्रतियोगिताको उपाधी नरेन्द्रलाई

Image
दौडमा पहिलो भएका नरेन्द्र सिं रावत (जर्सी नम्बर ३) र दोस्रो भएका करन रावत (जर्सी नम्बर ४)

अत्तरिया– कैलालीको अत्तरियामा आयोजित ‘दुर्गालक्ष्मी दौडिन्छ..’ म्याराथन प्रतियोगिताको उपाधी नरेन्द्र सिं रावतले हात पारेका छन । शुक्रबार दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयमा गठित पुर्व विद्यार्थी मञ्चले आयोजना गरेको उक्त प्रतियोगितामा रावत प्रथम भएका हुन । दुर्गालक्ष्मी नमुना मावि अगाडी देखी सुरु भएको दौड प्रतियोगिता तेघरीस्थित बनदेवी मन्दिरबाट फिर्ता भएर सुरु बिन्दुमै सम्पन्न भएको थियो ।

जम्मा ९ किलोमिटरको दौड प्रतियोगिता रावतले ३३ मिनेट १० सेकेण्डमा पुरा गरेका थिए । प्रतियोगितामा करन रावत द्धितिय भए । उनले ३३ मिनेट ११ सेकेण्डमा दौड पुरा गरेका हुन । प्रतियोगितामा ३४ मिनेटमा दौड पुरा गर्दै सामन्त सिँह ठगुन्ना तृतिय भए ।

attariya hospital
दौडमा तेस्रो भएका सामन्त सिंह ठगुन्ना (जर्सी नम्बर १०)

प्रथम भएसँगै नरेन्द्र सिं रावतले २१ हजार १११ रुपैया पुरस्कार पाएका छन भने द्धितिय भएका करन रावतले ११ हजार १११ रुपैया पुरस्कार पाएका छन । तृतिय भएका सामन्त सिं ठगुन्नाले भने ५ हजार ५५५ रुपैया पुरस्कारमा चित्त बुझाएका छन ।

मञ्चका अध्यक्ष नारद प्रसाद भट्टले दुर्गालक्ष्मी नमुना माविको स्वर्ण महोत्सवको अवसरमा दुर्गालक्ष्मी दौड प्रतियोगिताको आयोजना गरिएको बताए । उनले खेलकुदका माध्यमबाट स्वास्थ्यलाई तन्दुरुस्त राख्नका लागि प्रतियोगिता महत्वपुर्ण भएको बताए ।

navjiwan hospital

प्रतियोगिताका संयोजक प्रमोद अधिकारीले पुर्व विद्यार्थी मञ्च गठन भएपछि केही न केही गरौँ भन्ने सोचेर प्रतियोगिता आयोजना गरिएको बताए । उनले विद्यालयको भव्य कार्यक्रम भैरहेको बेला सो कार्यक्रमलाई प्रभावकारी बनाउन पनि पुर्व विद्यार्थीका तर्फबाट सहयोग गरिएको बताए । उनले प्रतियोगिताका लागि अनुमानित २ लाख लागेको बताउदै करिब १ हप्ताकै अवधीमा प्रतियोगिता सम्पन्न गर्न सकिएको बताए । उनले प्रतियोगितामा एक सय जना प्रतिष्पर्धी सहभागि भएको बताए ।

त्यसका साथै उनले विद्यालयबाट अध्यापन गरेर राम्रो हैसियतमा पुगेका पुर्व विद्यार्थीहरुले विद्यालयको शैक्षिक गुणस्तर बढाउन, विद्यालयलाई अझै नमुना बनाउन के गर्न सकिन्छ भनेर मञ्च गठन गरिएको बताए । उनले विद्यार्थीहरुको शैक्षिक उन्नतीका लागि नै समितिले काम गर्ने बताए । उनका अनुसार समितिले प्रत्येक वर्ष म्याराथुन प्रतियोगिता आयोजना गर्नेछ ।

भिडियो

प्रतियोगिताको सम्पादन नगरिएको लाईभ भिडियो पनि हेर्नुहोस