खाेज्नुहाेस

अछामको जयगढ बजार आगलागी अपडेट : दुई दर्जन बढी घर, पसल जले, करोडौँको क्षति  

Image
अछाम – अछामको जयगढ गाउँपालिकाको केन्द्र  जयगढ बजारमा मंगलबार बेलुका लागेको आगलागीमा करोडौँको क्षति भएको छ । बेलुकी ७ बजे पुष्पराज शर्माको आइएमी सेन्टरबाट सल्किएको आगो ३ घण्टासम्म नियन्त्रणमा नआउँदा २ दर्जन बढी घर पसल जलेर खरानी भएका हुन ।
add everest academy
attariya hospital
navjiwan hospital
जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख डीएसपी इश्वरीप्रसाद भण्डारीले प्रारम्भिक विवरण सङ्कलन गर्दा २७ वटा पसल र अन्य घरमा आगलागीले क्षति पु-याएको बताए । प्रारम्भिक विवरणअनुसार सात करोड बढीको क्षति भएको उनले बताए ।
attariya technical collage
आगो बान्नीगढी जयगढ गाउँपालिका र मंगलसैन नगरपालिकाको दमकलको सहायताले सशस्त्र प्रहरी, प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगो फैलिन नदिन डोजरले आगलागी भएको घरसंगै जोडिएको एउटा घर पनि भत्काइएको छ ।
Karma Consultancy