खाेज्नुहाेस

कञ्चनपुरबाट लागू औषध सहित ६ जना पक्राउ

Image

कञ्चनपुर – कञ्चनपुरबाट लागू औषध सहित ६ जना पक्राउ परेका छन । भीमदत्त नगरपालिका–११, सात नम्बर पिल्लर नजिकबाट भीमदत्त नगरपालिका–८ बस्ने २४ वर्षीय तेज बहादुर विकले चलाएको सु.प.प्र०२–००३ प ७१५६ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्दा २.७१ ग्राम खैरो हेरोइन बरामद गरेको छ । उक्त मोटरसाइकलमा पछाडि बसेका सोही ठाउँका २७ वर्षीय हरेन्द्र सिंह बडाल समेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

navjiwan hospital

त्यस्तैसोमबार भीमदत्त नगरपालिका–११, सात नम्बर पिल्लरनजिक भारतबाट नेपाल आउँदै गरेको अवस्थामा भीमदत्त–५ सुकासाल बस्ने २६ वर्षीय अमित पन्तले चलाएको यु.के ०६ बी.डी ८३८९ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा १.७९ ग्राम लागू औषध खैरो हेरोइन फेला परेको छ । मोटरसाइकलको पछाडि बसेका २१ वर्षीय करन पन्त समेत पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

attariya hospital

यसैबीच भीमदत्त नगरपालिका–११, गड्डाचौकी नजिक प्रहरीले शङ्का लागि चेकजाँच गर्दा भीमदत्त–१८ बस्ने २० वर्षीय आयुष पालले चलाएको सु.प.प्र०२–००३ प ७४२७ नम्बरको मोटरसाइकलबाट ०.९१ ग्राम खैरो हेरोइन बरामद गरेको छ । मोटरसाइकलको पछाडि बसेका १८ वर्षीय किशोर समेत पक्राउ परेका छन् ।