
काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ७४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि छापावाल सुनको मूल्य तोलामा १ लाख ७३ हजार ५०० रुपैयाँ कायम भएको थियो । साथै, चाँदीको मूल्य पनि बढेको छ । आज तोलाको २ हजार २० रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।
