
कल्पना कुमारी देउवा, अत्तरिया– डडेल्धुरामा खसीको मासु भन्दै बाख्राको मासु बेच्ने एक जना पक्राउ परेका छन । अमरगढी नगरपालिका–५ तुफानडाँडामा रहेको एमबी मासु पसलका सञ्चालक अजयमेरु गाउँपालिका– २ का ४५ वर्षीय मानबहादुर बोहरालाई पक्राउ परेका हुन ।
मासु पसलमा बाख्राको मासु मिसावट गरेर बिक्री हुँदै आएको गुनासो पछि चेकजाँच गर्दा बाख्राको मासु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । प्रहरीले ३१ किलो काटेको बाख्रा पनि बरामद गरेको छ ।
