खाेज्नुहाेस

अछाममा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु 

Image
संगिता कापडी, अत्तरिया – अछाममा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मध्य पहाडी लोक मार्ग अन्तरगत मंगलसैन नगरपालिका–५ मा मोटरसाइकल दुर्घटना हुँदा चालक मंगलसैन नगरपालिका–१ कुन्तिका २० वर्षीय जीवन थापाको मृत्यु भएको हो।
attariya hospital
navjiwan hospital
ठुलासेनबाट मंगलसैन तर्फ जाँदै गरेको से ७ प १४६९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा घाइते भएका थापाको  उपचारको लागि जिल्ला अस्पताल मंगलसैनमा  उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
maya metro hospital
दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार सोही ठाउँका १७ वर्षीय चेतन थापा घाइते भएका छन्। उनको चेतनको न्याय हेल्थ अस्पताल बयलपाटामा उपचार भइरहेको छ ।