खाेज्नुहाेस

वैद्यनाथ धाम पर्यटन विकास समितिको अध्यक्षमा गोकुल भाट

Image

बबिता पाल, अत्तरिया – अछामको वैद्यनाथ धाम पर्यटन विकास तथा व्यवस्थापन समितिको अध्यक्षमा गोकुल भाट नियुक्त भएका छन । सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीपरिषदको निर्णयले साँफेबगर नगरपालिका ७ रिडिकोट निवासी भाटलाई अध्यक्षमा नियुक्ति गरेको हो ।

navjiwan hospital

भाटले यसअघि वैद्यनाथ क्षेत्र विकास संस्थाको सहअध्यक्ष भएर काम गरिसकेका छन।

attariya hospital

यस्तै समितिको सदस्यमा साँफेबगर नगरपालिका – १ वैजनाथका लक्ष्मी शाह, पूर्णनाथ योगी, वडा नम्बर ४ मष्टमान्डौका समुन्द्रा लुहार, वडा नम्बर ५ नवाठानाका नैन सिंह थलारी, वडा नम्बर ९ वुढाकोटका पुष्पराज भट्ट, चौरपाटी गाउँपालिका वडा नम्बर ४ पायलका मोहन वोहरा, वडा नम्बर ५ लुंग्राका पूर्ण खड्का नियुक्त भएका छन । यस्तै समितिको कार्यकारी निर्देशकमा भरत कुँवर नियुक्त भएका छन् ।