डडेल्धुरा– डडेल्धुरामा रमसिला नामक खानेतेलको उत्पादन तथा बिक्रिवितरण सुरु भएको छ । फार वेस्टर्न एग्रो जाइन्ट लिमिटेड डडेल्धुराले रमसिला तेलको उत्पादन सुरु गरेको हो ।

कम्पनिले शनिबार औपचारिक रुपमा उत्पादीत तेल बजारमा ल्याएको छ । कम्पनीको पाँचौं वार्षिक साधारण सभाको अवसर पारेर तेलको उत्पादन तथा बजारीकरण सुरु गरिएको बताईएको छ । शनिबार सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री बहादुरसिंह थापा र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विरबहादुर थापाले संयुक्त रुपमा उद्योग उद्घाटन गर्दै तेलको उत्पादन र बजारीकरण सुभारम्भ गरेका थिए ।

सुदूरपश्चिममै पहिलो पटक निजि क्षेत्रबाट खानेतेलको उत्पादन सुरु गरेको कम्पनिका सञ्चालक समिति अध्यक्ष धर्मसिँह ऐरले बताए । उनले उक्त तेल उच्च गुणस्तरयुक्त र स्वास्थ्यका लागि लाभदायक रहेको बताए ।
यस्तै कम्पनिले तेलसँगै सोयाबिन उत्पादन तथा बिक्री पनि सुरु गरेको बताईएको छ ।
भटमासबाट उत्पादन गरिएको तेल र सोयाबिन बजारमा बिक्रिवितरणका लागि पठाईएको फार वेस्टर्न एग्रो जाइन्ट लिमिटेडका संस्थापक अध्यक्ष डा. तारा जोशीले बताए । कम्पनिले उत्पादन गरेको तेललाई प्रदेशका सबै जिल्लाका बजारहरुमा पु¥याउने योजना रहेको उनले बताए ।


















