खाेज्नुहाेस

परशुरामधामलाई नगरपालिका मातहत राखिएपछि उच्च अदालतमा मुद्दा

Image

डडेल्धुरा – डडेधुराको परशुराम नगरपालिकाले परशुरामधामलाई नगरपालिका मातहत राखेपछि मुद्दा दायर गरिएको छ ।

navjiwan hospital

परशुराम क्षेत्र विकास समितिले उच्च अदालत महेन्द्रनगरमा रिट दायर गरेको हो । नगरपालिकाले ‘परशुराम क्षेत्र संरक्षण तथा विकास ऐन २०८१’ जारी गरी परशुरामधामलाई नगरपालिका मातहतमा राख्ने प्रयास गरेको थियो । उक्त कार्य संविधान विपरीत भएको परशुराम क्षेत्र विकास समितिले जनाएको छ ।

attariya hospital

संघीय कानुनअनुसार दर्ता भएको संस्थालाई स्थानीय तहको ऐनबाट खारेज गर्न नमिल्ने दाबी गर्दै समितिले न्यायको लागि अदालतको ढोका ढकढक्याएको समितिका अध्यक्ष गणेशप्रसाद जोशीले बताए ।

नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत कल्पना भट्टले क्षेत्राधिकार सम्बन्धी स्पष्टता आवश्यक रहेको भन्दै संविधानविपरीत ऐन भए संशोधन गर्न सकिने बताइन ।