खाेज्नुहाेस

सिवाइसी स्पोट्र्स लिग : टीम नायल ताल र लामितालको विजयी सुरुवात

Image

अत्तरिया– कैलालीको अत्तरियामा सोमबारबाट सुरु भएको सिवाइसी स्पोट्र्स लिग अन्तरगत क्रिकेट विधामा टीम सिवाइसी नायल ताल र टीम सिवाइसी लामितालले विजयी सुरुवात गरेका छन । सोमबार उद्घाटन सत्र पश्चात खेलिएको पहिलो खेलमा सिवाइसी गोदावरी धामलाई पराजित गर्दै टीम नायलले विजयी सुरुवात गरेको हो भने टीम बुढितोला जिरो पोईन्टलाई पराजित गर्दै टीम लामितालले विजयी सुरुवात गरेको हो ।

पहिलो खेलमा टीम नायल तालले टीम गोदावरी धामलाई १० रनले पराजित ग-यो । टस हारेर ब्याटिङको निम्तो पाएको नायलले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १८६ रन बनायो । जसमा सुरेश खड्काले सतकिय पारी खेले । ५७ बलको सामना गरेका उनले १३ चौका र ५ छक्का प्रहार गर्दै अविजित १०६ रन बनाएका थिए ।

attariya hospital
navjiwan hospital

बलिङमा टीम गोदावरी धामका मनिष खरेल ले ३ विकेट लिए । १८७ रनको विजयी लक्ष्य पछ्याएको टीम गोदावरीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १७६ रन मात्रै बनाउन सक्यो । उसका लागि भुवन कार्किले ५०, ओपनर सुवास शाहीले ४७ र मान कडायतले २२ रनको योगदान दिए पनि त्यो पर्याप्त हुन सकेन । बलिङमा टीम नायलका दुर्गा अधिकारीले १ ओभरमा ११ रन खर्चिदै ३ विकेट लिए भने सुरेश खड्का र सन्नि नेपालीले समान २/२ विकेट लिए ।

यस्तै सोमबार नै भएको दोस्रो खेलमा टीम लामितालले टीम बुढितोला जिरो पोइन्टलाई ६ विकेटले पराजित ग¥यो । टीम लामिताले टस जितेर बलिङ रोजेको थियो । ब्याटिङको निम्तो पाएको टिम बुढितोला जिरो पोइन्टले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५७ रन बनायो । उसका लागि मिन गुरुङले ४७, गुड्डु शाहीले २९ र विनोद थापाले २० रनको योगदान गरे ।

बलिङमा टीम लामितालका आकाश कार्कि, बम बहादुर बोगटी र नरेश साउँदले समान २/२ विकेट लिए । १५८ रनको विजयी लक्ष्य लिएर मैदान उत्रिएको टीम लामिताल ले १७.४ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य भेट्टायो । टीम लामिताललाई जिताउन खेलाडी आकाश कार्किले महत्वपुर्ण पारी खेले । कार्किले ५८ बल खेल्दै १४ चौका र ५ छक्काको मद्दतले अविजित १०१ रन बनाए । यस्तै पुरन थापाले २६ रनको योगदान दिए । बलिङमा टीम बुढितोलाका सन्तोष सिँहले ३ विकेट लिए ।

प्रतियोगिता अन्तरगत मंगलबार पनि २ वटा खेलहरु रहेको आयोजक सिवाइसी युवा क्लबले जनाएको छ । क्लबले वार्षिक कार्यक्रम अन्तरगत लिगको आयोजना गरिरहेको हो । जसमा ३ वटा विधाका खेलहरु खेलिने बताईएको छ । फागुन १ गतेसम्म सञ्चालन हुने स्पोट्र्स लिगमा क्रिकेट, भलिबल र फुटबल खेलाईने क्लबका अध्यक्ष नरबहादुर राईले जानकारी दिए ।