खाेज्नुहाेस

कञ्चनपुरमा प्रशासनको गेटमा धर्ना

Image

महेन्द्रनगर –जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको गेटमा धर्ना दिइएको छ । जिल्लामा अतिक्रमित सरकारी जग्गा खाली गर्नु पर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा धर्ना दिइएको हो । आइतबार संयुक्त विद्यार्थी मोर्चा सहित राष्ट्रिय स्वतन्त्र पार्टी सहितको उपस्थितिमा धर्ना दिइएको छ ।

navjiwan hospital

सबैजसो अतिक्रमित सरकारी सम्पत्ति माथि बनाइएका संरचना खाली गर्नु पर्ने माग गर्दै धर्ना दिइएको राष्ट्रिय स्वतन्त्र पार्टीका नेता ज्ञानेन्द्र सिंह महताले बताए ।

attariya hospital

उनले भने ‘सर्वदलीय सर्वपक्षीय बैठकले गरेको निर्णय कार्यान्वयन गर्नु पर्ने दायित्व प्रमुख जिल्ला अधिकारीको हो, त्यसमा सिडिओ आफैले पनि हस्ताक्षर गरी खाली गराउने निर्णय गरे पनि कार्यान्वयन नआएपछि दबाब दिन धर्ना कार्यक्रम गरिएको हो ।’

धर्नामा सहभागी नेकपा बहुमत युवाका सुप इन्चार्ज दीपेन्द्र सिंह ऐरीले प्रमुख जिल्ला अधिकारीको सार्वजनिक जग्गा माथि बनेका संरचना खाली गराउने अभियान एकाएक रोकेकाले सोको कार्यान्वयन गराउन दबाबमुलक धर्ना गरिएको बताए ।