खाेज्नुहाेस

पाताल भुवनेश्वर धाममा बाल तपस्वीले दिइन प्रवचन

Image

बैतडी – महाशिवरात्रिको अवसरमा बैतडीको पाताल भुवनेश्वर धाममा आयोजना गरिएको धार्मिक प्रवचनमा बाल तपस्वीले प्रवचन दिएकी छिन । सुर्नया गाउँपालिका–२ स्थित पाताल भुवनेश्वर धाममा विगत ६ महिना देखि तपस्यामा बसेकी भारतको सिक्किम घर भएकी बाल तपस्वीले प्रवचन दिएकी हुन ।

navjiwan hospital

पाताल भुवनेश्वर धाम जाने गेट नजिकै प्रवचनस्थल बनाइएको र सोही प्रवचनस्थलबाट गुरुमाले प्रवचन दिएको पाताल भुवनेश्वर धाम प्रवचन व्यवस्थापन समितिका सल्लाहकार सिद्धराज भट्टले बताए । गएको असोजदेखि पाताल भुवनेश्वर धाम परिसरमा बस्दै आएकी बाल तपस्वी २७ महिनासम्म पाताल भुवनेश्वर धाममै रहने जनाइएको छ ।

attariya hospital

प्रवचन कार्यक्रममा बैतडीका विभिन्न ठाउँबाट श्रद्धालुहरुको सहभागिता रहेको थियो । पाताल भुवनेश्वर गुफा रहस्यले भरिएको छ । यहाँ २०७२ सालमा जर्मन गुफा बिशेषज्ञहरुको टोलीले गरेको अध्ययन अनुसार पाताल भुवनेश्वर गुफा दक्षिण एसीयाकै लामो गुफा हुन सक्ने अनुमान गरेको थियो ।