खाेज्नुहाेस

अछामकी बालिका भारतमा बलात्कृत

Image
navjiwan hospital

अछाम – अछामकी एक बालिका भारतमा बलात्कृत भएकी छिन । भारतको गुजरातस्थित सुरतमा रोजगारी गर्न गएका बुवा आमासँगै रहेकी १२ वर्षीय बालिका बलात्कृत आफन्तबाट बलात्कृत भएकी हुन । बालिका बलात्कृत भएको उजुरी भारतबाटै एक नेपालीले हालेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

बालिकामाथि करिब सात महिना पहिले बलात्कार भएको र, अहिले बालिकाको गर्भमा करिब ३३ हप्ताभन्दा बढीको बच्चा रहेको उजुरी परेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले बताए ।
आरोपित पुरुषको खोजीका भारतीय प्रहरीसँग सहकार्य गरिरहेको जनाइएको छ ।

attariya hospital