
अछाम– अछाममा शुक्रबार घाईते अवस्थामा भेटिएको चितुवाको मृत्यु भएको छ । जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका– ३ बरदादेवि बसौटीमा घाईते अवस्थामा भेटिएको चितुवाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपि ईश्वरी भण्डारीका अनुसार चितुवाको उद्दारका लागि बन कार्यालयसंग पहल गरिएकोमा शनिवार बिहानै चितुवाको मृत्यु भएको हो । उनका अनुसार शुक्रवारदेखी एउटै स्थानमा बसिरहेको चितुवा सोही स्थानमा मृत भेटिएको हो ।
