खाेज्नुहाेस

बझाङबाट धनगढी आउँदै गरेका वृद्धको साथबाट पौनै किलो चरेस बरामद

Image
navjiwan hospital

अत्तरिया – प्रहरीले बझाङबाट धनगढी आउँदै गरेका वृद्धको साथबाट चरेस बरामद गरेको छ । बुधवार बझाङबाट धनगढी तर्फ जाँदै गरेको ना ७ ख ४०९ नम्बरको बसबाट ७८४ ग्राम लागू औषध चरेस सहित बझाङको छविसपाथिभेरा – ३ का ७१ वर्षीय चन्द्र देव जैसी पक्राउ परेका हुन ।

विशेष सूचनाका आधारमा प्रहरीले बसमा खानतलासी गर्दा जैसी बसेको बसको सिट माथि सामान राख्ने ¥याकमा प्लास्टिकको कट्टा भित्र पिँडालु सँगै मिसाई राखेको अवस्थामा चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

attariya hospital