खाेज्नुहाेस

अछाममा रुखबाट लडेर महिलाको मृत्यु

Image
navjiwan hospital

अछाम – अछाममा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ । साँफेबगर नगरपालिका–११ बाब्लाकी ६५ वर्षीया निखिरा नेपालीको बेडुलाको रुखमा घाँस काट्ने क्रममा लडेर मृत्यु भएको अछामका प्रहरी प्रमुख डीएसपी ईश्वरीप्रसाद भण्डारीले बताए ।

मंगलबार दिउँसो १ बजे घरबाट दुई सय मिटरको दुरीमा रहेको रुखमा उनी घाँस काट्न गएकी थिइन् । लडेर घाइते भएपछि उपचारका लागि बयालपाटा अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको डीएसपी भण्डारीले बताए । ६५ वर्षीया निखिरालाई अस्पताल पु¥याउनेबित्तिकै चिकित्सकले मृत घोषणा गरेको उनका श्रीमान् देवबहादुर नेपालीले बताए ।

attariya hospital