खाेज्नुहाेस

सुदूरपश्चिमको राजधानी नबन्नुको कारणबारे सांसद बलायर नै अन्योलमा

Image

अत्तरिया – आफ्नै निर्वाचन क्षेत्र कैलाली क्षेत्र नम्बर ४ मा तोकिएको राजधानीका बारेमा प्रतिनिधि सभा सांसद वीरबहादुर बलायरले अन्योल प्रकट गरेका छन । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सुदूरपश्चिम प्रदेशको राजधानी प्रदेश सभाले बनाउन नसकेको हो वा बनाउन नदिएको हो भनेर अन्योलता प्रकट गरे । उनले भने ‘म विगत अढाइ वर्ष देखि संसद भित्र यसैका बारेमा बोल्दै आएको छु । प्रदेश सभाले बनाउन नसकेको हो की बनाउन नदिएको हो की ? राजधानी पाउनु पर्ने हो की होइन । यसको जवाफ चाहिन्छ ।’

उनले सुदूरपश्चिमले मात्रै राजधानी नपाउनुको अर्थ के हो भन्दै यसको उत्तर को ले दिने हो भनेर प्रश्न गरेका थिए । उनले भने ‘गएको सुदूरपश्चिम प्रदेश सभाले सुदूरपश्चिमको राजधानी कैलाली क्षेत्र नम्बर ४ गोदावरी नगरपालिका – २ मा घोषणा गर्यो । त्यहाको प्रदेश सभाले राजधानी तोक्यो । तर अहिले सम्म सुदूरपश्चिम प्रदेशले राजधानी नपाउनु हामीले संघीयता संघिय लोकतान्त्रीक गणतन्त्रको समावेशी र समानुपातीक संविधान निर्माण गरेका छौ । यसको एक हस्ताक्षरकर्ता पनि हो म । आज सुदूरपश्चिमले मात्रै राजधानी नपाउनुको अर्थ के हो । यसको उत्तर को ले दिने हो ।’

attariya hospital
navjiwan hospital

सांसद बलायर यसअघि पनि सुदूरपश्चिम प्रदेश राजधानीका बारेमा संसदमा बोल्दै आएका छन । यसअघि उनले २०८० जेठ १ गते प्रदेश सभामा बोल्दै राजधानी निर्माणका लागि संघीय सरकारले भोगाधिकार नदिनुको कारण माग गरेका थिए । त्यसपछि २०८० जेठ २४ गते पुनः संसदमा बोल्दै उनले सुदूरपश्चिममा राजधानी बनाउने वा नबनाउने बारे संघीय सरकारले निर्णय गर्नुपर्ने बताएका थिए ।

त्यसको लामो सयम पछि संसदमा पुनः सुदूरुपश्चिमको राजधानीका बारेमा बोलेका बलायरले राजधानी नबन्नुको कारण बारे अन्योलता प्रकट गरेका हुन ।

भिडियो