अत्तरिया – नेपाली कांग्रेसका सांसद वीरबहादुर बलायरले सुदूरपश्चिम सरकारलाई प्रदेश राजधानीका लागि भोगाधिकार नदिनुको कारण माग गरेका छन । सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै बलायरले राजधानी स्थापनाका लागि भोगाधिकार नदिनुको कारण केन्द्रीय सरकारसँग मागेका हुन ।

‘देशका ६ वटै प्रदेशको राजधानी बन्दै गर्दा सुदूरपश्चिमको राजधानी किन बनेन’, ‘अहिलेसम्म केन्द्र सरकारले भोगाधिकार किन दिएन’ उनले भने ‘यसको स्पष्ट जवाफ चाहिन्छ ।’

उनले संघीय सरकारले अझै पनि सुदूरपश्चिमलाई विभेद गरिरहेको गुनासो गर्दै डोटीका भूकम्पपीडितलाई सरकारले राहत तथा क्षतिपूर्ति नदिएकोमा आपत्ति जनाए ।
‘के देशमा आउने भूकम्प र सुदूरपश्चिममा आउने भूकम्प फरक छ’, बलायरले प्रश्न गर्दै भने, ‘अहिलेसम्म डोटीका भूकम्प पीडितहरुले गएको कात्तिक २२ गते राति २ बजे गएको भूकम्पबाट पीडितहरु घरबारविहीन छन् । राज्यले त्यसको जवाफदेहिता दिनुपर्दैन ।’



















