अत्तरिया – नेपाल मानवतावादी पार्टी गोदावरी नगर समितिको अध्यक्षमा शिव विक चयन भएका छन् । आइतबार पार्टीको प्रथम नगर भेलाबाट शिव विकको अध्यक्षतामा २१ सदस्यीय नगर समिति चयन भएको हो ।

समितिको उपाध्यक्षमा सरस्वती विक, जय बहादुर विक, कोषाध्यक्षमा पूजा विक, सचिवमा राजनाथ कडारा र सह–सचिवमा लव विक चयन भएका छन् । भेलाबाट सानु कोली, खडक विक, दल बहादुर विक, बाजी विक, नरेश विक, जमुना विश्वकर्मा, नन्दा पार्की, हरि दमाईं, दल बहादुर विक, गोपी दमाईं, कटे नागरी, मैना लोहार, भीम बहादुर सार्की, कृष्ण विक र रमेश विक सदस्यमा चयन भएका छन् ।

पार्टीका जिल्ला अध्यक्ष अङ्गद विकको अध्यक्षतामा बसेको भेलामा पार्टीका केन्द्रीय अध्यक्ष मेघ बहादुर कामी प्रमुख अतिथि रहेका थिए । भेलामा पार्टीका केन्द्रीय महासचिव पदम सार्की, प्रदेश इन्चार्ज बाजी कामी, पार्टीको भातृ सङ्गठन जनमुखी युवा फोर्सका केन्द्रीय अध्यक्ष उमेश गौतम, पार्टीका केन्द्रीय राकेश विक, इश्वरा विक लगायतको सहभागिता रहेको थियो ।
सम्बन्धीत समाचार : दलित समुदायलाई उन्मुक्ति दिने नाममा शासन मात्रै गरियो : अध्यक्ष मेघ कामी



















