खाेज्नुहाेस

दलित समुदायलाई उन्मुक्ति दिने नाममा शासन मात्रै गरियो : अध्यक्ष मेघ कामी

Image

अत्तरिया – नेपाल मानवतावादी पार्टीका केन्द्रीय अध्यक्ष मेघ बहादुर कामीले दलित समुदायलाई उन्मुक्ति दिने नाममा शासन मात्रै गरिएको बताएका छन् । आइतबार नेपाल मानवतावादी पार्टी गोदावरीको प्रथम नगर भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन । उनले भने ‘दलित समुदायलाई शोषण र दमनबाट उन्मुक्ति दिने नाममा शासन गरियो । तर, पनि दलित समुदायले कहिले पनि अधिकार सुनिश्चित भएको आवास गर्न पाएनन् ।’

कानुनमा राम्रो कुरा लेखिएको भनिए पनि कानुन कार्यान्वयन नहुँदा समस्या भएको बताए । ‘जुन कानुन लेखेर कार्यान्वयन हुँदैन त्यो कानुन लेखेको के अर्थ भयो’ उनले भने ‘त्यो कानुलाई कसरी राम्रो भन्ने । अब यो कानुन कार्यान्वयन गर्न दलित समुदाय नै अगाडि बढ्नु पर्छ ।’

attariya hospital

उनले अहिले पनि दलित समुदाय विभेदमा परेको बताए । ‘विभेद भनेको जातीय मात्रै होइन, सामाजिक विभेद, आर्थिक विभेद, शैक्षिक विभेद, वौद्धिक विभेद, धार्मिक विभेद गरिएको छ’ उनले भने ‘यी सबै विभेदबाट अन्त्यका लागि दलित समुदायले नेपाली कांग्रेस, नेकपा एमाले माओवादीका पछि लागेर उन्मुक्ति पाउँदैन । झन् दुख पाउन्छौ ।’

navjiwan hospital

उनले दलित समुदायको राज्यमा पहुँच नभएकै कारण पछाडि परेको बताए । उनले आउने २०८४ सालको निर्वाचनमा नेपाल मानवतावादी पार्टी सत्तामा पुग्न सबै एकजुट हुनुपर्ने बताए । उनले जात व्यवस्था अन्त्यका लागि मानवतावादी पार्टी लागेको बताए । उनले विभेद अन्त्यको लागि सबै दलित समुदाय एकजुट हुनुपर्ने बताए ।

भिडियो

नेपाल मानवतावादी पार्टी गोदावरीको अध्यक्षमा शिव विक चयन