बाजुरा – बाजुरामा बाटोमा बच्चा पाएकी सुत्केरीको उद्धार गरिएको छ । गौमुल गाउँपालिका – ३ ग्रजेकी २२ वर्षीय सिर्जना बोहराको उद्धार गरिएको हो ।

उनी घरबाट स्वास्थ्य चौकी जान हिँडेकी भए पनि स्वास्थ्य चौकी पुग्नु अघि बाटोमै शिशु जन्माएकी थिइन । स्वास्थ्य चौकी भन्दा एक घण्टा टाढा बाटोमै शिशु जन्माएपछि उनको महिला स्वास्थ्यकर्मीले उद्धार गरेर स्वास्थ्य चौकी पु¥याएका थिए ।

माझपालि आधारभूत स्वास्थ्य केन्द्रकी स्टाफ नर्स सिता खडकाले अहिले आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको बताइन । सुत्केरीलाई स्वास्थ्यकर्मीले स्ट्रेचर बोकेर स्वास्थ्य केन्द्र पुगाएका थिए ।
















