आलितालमा नयाँ निर्मित भवन प्रहरी चौकीलाई हस्तान्तरण

अत्तरिया– प्रहरी चौकी आलिताललाई भवन हस्तान्तरण गरिएको छ । बिहिबार एक समारोहका बिच गाउँपालिकाले निर्माण गरेको उक्त नवनिर्मित भवन प्रहरी चौकीलाई हस्तान्तरण गरिएको हो ।

Karma Consultancy

आलिताल गाउँपालिकाका अध्यक्ष शेर सिँ पार्किले सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक गणेश चन्दलाई उक्त भवन हस्तान्तरण गरेका हुन । गाउँपालिकाको ४७ लाख ५४ हजार ७४२ रुपैया लागतमा प्रहरी चौकीको २ तले ७ कोठे भवन निर्माण गरिएको थियो ।

citizen security services
belauri nagarpalika

उक्त भवनमा कार्यालय प्रमुख कक्ष, महिला–पुरुष हिरासत कक्ष, महिला–पुरुष ब्यारेक समेतको संरचना रहेको बताईएको छ । सुबिधा सम्पन्न नयाँ भवनले प्रहरीमा थप जोश, जाँगर र उर्जा बढेर जाने तथा सेवा प्रवाहमा सहजता आउने विश्वास गरिएको छ ।

attariya hospital

यसैबिच बिहिबार नै नयाँ निर्मित भवन उद्घाटन गरिएको थियो । भवनको गाउँपालिका अध्यक्ष पार्कि र प्रहरी नायब महानिरिक्षक चन्दले संयुक्त रुपमा उद्घाटन गरेका हुन ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.