खाेज्नुहाेस

अर्जुन ट्रफी क्रिकेटमा सिवाइसी अत्तरियाको विजयी सुरुवात

Image

अत्तरिया– कैलालीको धनगढीमा शनिबार देखी सुरु भएको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सिवाइसी अत्तरियाले विजयी सुरुवात गरेको छ । आईतबार बिहान बैतडीको दशरथचन्द एकेडेमीसँग भएको पहिलो खेलमै अत्तरियाले विजय प्राप्त गरेको हो । बैतडीको दशरथचन्द एकेडेमीलाई अत्तरियाले २६ रनले पराजित ग-यो ।

navjiwan hospital

टस हारेर ब्याटिङको निम्तो पाएको अत्तरियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १६४ रन बनायो । जसमा भीम सार्कीले अर्धसतकिय पारि खेले । उनी ७० रन बनाउदै अविजित रहेका थिए । बलिङमा दशरथचन्दका अमरसिँह रौटेलाले २ विकेट लिए ।

attariya hospital

जितका लागि १६५ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको दशरथ चन्द एकेडेमीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १३८ रन मात्रै बनाउन सक्यो । उसका लागि हिमाल दौल्यालले सर्वाधिक ३९ रन बनाए । बलिङतर्फ अत्तरियाका विवेक यादवले ४ विकेट लिए भने साहब आलम र कमल गुप्ताले २÷२ विकेट लिए ।

गो ड्रिमर्सको आयोजनामा सुरु भएको प्रतियोगिताका विजेताले रु. १० लाख र उपविजेताले रु. पाँच लाखसहित ट्रफी पाउने छन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई रु. एक लाख प्रदान गरिनेछ भने उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर र उदीयमान खेलाडीले जनही रु. ५०÷५० हजार पाउनेछन् । साथै प्लेयर अफ द म्याचलाई रु. १० हजार प्रदान गरिनेछ । प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ ।