किशोरावस्थाको प्रेमले लियो ज्यान

अछाम – किशोरावस्थामै परेको प्रेम र त्यसलाई शारीरिक सम्पर्कमा बदल्ने चाहना पुरा नहुँदा ज्यान नै गुमाउनु परेको छ । अछाममा १७ वर्षीय किशोरले राखेको यौन प्रस्ताव १५ वर्षीय किशोरीले पुरा नगर्दा ज्यान गुमाउनु परेको हो । माघ ११ गते घटेको उक्त घटनाले अहिले अपरिपक्क उमेरमा शारीरिक आकर्षणका रुपमा हुने प्रेमले कस्तो सम्म नतिजा ल्याउन सक्छ भन्ने सोच्न बाध्य बनाएको छ । एक साता लगाएर प्रहरीले गरेको अनुसन्धानबाट घटनाको रहस्य उजागर गर्दै प्रहरीले ढकारी गाउँपालिका – ८ कि सरस्वती खड्का र ईशरा खड्कालाई ढकारी गाउँपालिका – ३ का दुई जना किशोरले हत्या गरेको जनाएको हो । प्रहरीले सार्वजनिक गरेको अनुसन्धान विवरणमा दुई किशोरीको हत्या गरिनुको मुख्य दुई वटा कारण खुलाइएको छ । जसमा मायाको चिनो चुन्नी माग्दा नदिएको, शारीरिक सम्पर्कको प्रस्ताव अस्वीकार गर्दा हत्या भएको उल्लेख छ ।

maya metro hospital

प्रहरीले दुई किशोरीको हत्या प्रकरणमा १५ र १७ वर्षका दुई जना बालक पक्राउ परेका छन् । प्रहरीले उनीहरूको परिवर्तित नाम (६९ मङ्गलसेन ७३) र (६९ मङ्गलसेन ७६) राखेको छ । बालक भएकाले उनीहरूको नाम नखुलाइएको अछामका प्रहरी, प्रहरी नायव उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले बताए । प्रहरीका अनुसार अनुसन्धानका क्रममा मृतक इशरा परिवर्तित नाम ६९ मङ्गलसेन ७३ को प्रेमिका र मृतक सरस्वती खड्का परिवर्तित नाम ६९ मङ्गलसेन ७६ को प्रेमिका रहेको खुलेको छ । ती बालकहरूले यो कुरा स्वीकार गरेको प्रहरीले जनाएको छ ।

citizen security services

परिवर्तित नाम ६९ मङ्गलसेन ७६ ले सरस्वतीसँग मायाको चिनो चुन्नी मागेका थिए । ‘उनले दिन अस्वीकार गरिन,’ डीएसपी भण्डारीले भने, ‘सोही व्यक्तिले सरस्वतीलाई शारीरिक सम्पर्कका लागि प्रस्ताव गरे । सरस्वतीले उनको त्यो प्रस्ताव पनि अस्वीकार गरिन् ।’ यही विषयमा विवाद भई दुई किशोरीको हत्या भएको प्रहरीको निष्कर्ष छ । प्रहरीको प्रतिवेदनमा भनिएको छ, ‘सरस्वतीले विवाह गर्ने भएपछि मात्र दिन्छु भनेकी र परिवर्तित नाम ६९ मङ्गलसेन ७६ ले आफ्नो उमेर कम छ, ५–६ वर्षपछि विवाह गरौँला भन्दा सरस्वतीले प्रस्ताव अस्वीकार गरिन् । लगत्तै उनी तल खोलातर्फ फर्किइन् ।’

attariya hospital

यौन सम्पर्क गर्न नदिएको झोकमा ती बालकले सोही स्थान नजिक रहेको ढुङ्गा समातेर सरस्वतीको टाउको पछाडिको भागमा प्रहार गरे । डीएसपी भण्डारीले भने, ‘सरस्वती ढलिन् । उनको मृत्यु भयो । त्यसपछि ती बालक हतार–हतारमा पहिला बसेको ढुङ्गामा पुगे । त्यहाँ हातले ढुङ्गा लडाउन खोज्दा ढुङ्गा लडाउन सकेनन् । जमिनको भित्तामा अडेस लगाई दुवै खुट्टाले उक्त ढुङ्गा ठेली धकेली लडाए ।’ त्यसपछि अर्का बालक परिवर्तित नाम ६९ मङ्गलसेन ७३ ले ढुङ्गा आयो भाग भनी कराएका थिए । अनुसन्धानको प्रतिवेदनमा भनिएको छ, ‘ढुङ्गा लड्यो भाग भनी कराई सरस्वती लडेको स्थान तर्फ गएका थिए । ढुङ्गा लडेको र परिवर्तित नाम मङ्गलसेन ७३ ले कराएको आवाज सुनी इशरा पनि सरस्वती ढलेको स्थानमा गइन् ।’

त्यो बेलासम्म सरस्वतीको मृत्यु भइसकेको थियो । इशरालाई ‘कसैलाई नभन्नु भनेर’ ती बालकले भनेपछि उनले अस्वीकार गर्दै घरतर्फ जान प्रयास गर्न थालेपछि ती बालकहरूले ढुङ्गा प्रहार गरेर उनको पनि हत्या गरेको प्रहरी प्रमुख भण्डारीले बताए । उनीहरूले इशराको निधारमा ढुङ्गा प्रहार गरेका थिए । सो पश्चात् परिवर्तित नाम ६९ मङ्गलसेन ७६ ले उनलाई ढुङ्गाले अनुहारको भागमा हानेर उनीहरू त्यहाँकाबाट भागेका थिए । मृतक दुई किशोरी एउटै परिवारका हुन् । ढकारी गाउँपालिका–८, का वडाध्यक्ष उद्धवराज उपाध्यायले दिएको जानकारी अनुसार सरस्वती इशराकी फुपू नाता पर्छिन् ।कमलबजार नगरपालिका–१० घोडासैनस्थित विद्या प्रवर्दनी माविमा दुवै कक्षा ८ मा अध्ययनरत थिए ।

माघ ११ गते गोठाला गएका किशोरी घर नआएपछि परिवारले सोधी खोजी गर्ने क्रममा माघ १२ गते बेलुका ६ बजेतिर ढकारी गाउँपालिका – १ को सोडसा सामुदायिक वनको छिन्ने ओडार क्षेत्रमा मृत भेटिएको थियो । डीएसपी भण्डारीका अनुसार पक्राउ परेका ती बालकहरूलाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप भई प्रहरीको निगरानी कक्षमा राखिएको छ । थप अनुसन्धान कार्य भइरहेको भण्डारीले बताए । दुई किशोरीहरूको शवको पोस्टमार्टम भेरी अस्पताल बाँकेमा गरिएको थियो भने बुधवार गाउँकै खोलामा दाहसंस्कार गरिएको छ ।

घटनालाई विभिन्न कोणबाट अनुसन्धान गरी टुङ्गोमा पु¥याइएको थियो । अनुसन्धानका लागि काठमाडौँबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली अछाम पुगेको थियो भने सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी गणेश चन्द लगायतको विशेषज्ञ टोली पनि घटनास्थलमै पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.