अत्तरिया – कैलालीको अत्तरियाका लक्ष्मण विश्वकर्मा नेपाली कांग्रेसको “अपांगता भएका व्यक्ति र समुदाय समन्वय एवं उत्प्रेरणा विभाग” को सदस्य पदमा मनोनयन भएका छन् ।

नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा २५(९) बमोजिम पार्टीभित्र सक्रिय उनलाई उत्प्रेरणा विभागको सदस्यमा मनोनयन गरिएको हो ।

अपांगता भएका व्यक्तिहरूलाई समाजमा आत्मनिर्भर बनाउन,उनीहरूका हकअधिकार सुनिश्चित गर्न तथा अवसरको पहुँच बढाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको कांग्रेस सभापति शेर बहादुर देउवाको हस्ताक्षर रहेको पत्रमा उल्लेख छ ।


















