कञ्चनपुर – कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका-१८ मा नेपाली काँग्रेसका नगर सभापति अच्युत कलौनी मृत अवस्थामा भेटिएका छन्। वडा कार्यालय नजिकैको बाटोमा उनको शव घोप्टो परेको अवस्थामा फेला परेको हो।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी गणेश चन्दका अनुसार घटनास्थलमा प्रहरी टोली एसपी चक्रराज जोशीको कमाण्डमा अनुसन्धान गर्न पुगेको छ।

प्रहरीले घटनाको छानबिन अघि बढाएको छ, तर घटनाबारे अझै विस्तृत विवरण उपलब्ध गराएको छैन।