खाेज्नुहाेस

शारदा फुटबल लिग : बिहिबार ४ वटा खेल सम्पन्न

Image

अत्तरिया– कैलालीको गोदावरी नगरपालिका– ८ स्याउलेमा आयोजित सुदूरपश्चिम प्रदेश स्तरीय अन्तर विद्यालय शारदा फुटबल लिग अन्तरगत बिहिबार ४ वटा खेलहरु सम्पन्न भएका छन । प्रतियोगिताको दोस्रो दिनको पहिलो खेल दुर्गाभवानी मावि र शैलेश्वरी मावि बिच भएको थियो भने दोस्रो खेल वेस्टर्न क्रिस्टल एकेडेमी र सरस्वती मावि बिच भएको थियो । यसैगरी तेस्रो खेलमा दुर्गालक्ष्मी नमुना मावि र वेस्टर्न क्रिस्टल एकेडेमीले एक आपसमा प्रतिष्पर्धा गर्दा चौथो खेलमा सरस्वती मावि र शैलेश्वरी मावि एकआपसमा भिडेका थिए ।

दोस्रो दिनको पहिलो खेलमा शैलेश्वरी मावि र दुर्गाभवानी मावि लाई ३–१ गोलअन्तरले पराजित गरेको छ । निकै प्रतिष्र्धात्मक बनेको खेलको पहिलो हाफको २०औ मिनेटमा शैलेश्वरीका खेलाडी टेक आउजीले १ गोल गर्दै टिमलाई महत्वपुर्ण अग्रता दिलाएका थिए । तर पहिलो हाफ सकिएर दोस्रो हाफ सुरु भएको तेस्रो मिनेटमै दुर्गाभवानीका खेलाडी अनिल धामीले गोल गर्दै टिमलाई बराबरीमा उभ्याएका थिए । उनले टिमलाई बराबरीमा पु-याएपनि शैलेश्वरीका खेलाडी सुदिप पुनमगरले दोस्रो हाफको १०औ मिनेटमा गोल गरेर पुनः टिमलाई अग्रता दिलाएका थिए । त्यसपश्चात शैलेश्वरीका अर्का खेलाडी पोर्केस आउजीले २०औ मिनेटमा गोल गरेर टिमलाई ३–१ को अग्रता दिलाए । खेलमा उत्कृष्ट प्रदर्शन गरेका शैलेश्वरीका खेलाडी सुदिप पुनमगर म्यान अफ द म्याच घोषित भए ।

attariya hospital
navjiwan hospital

यस्तै दोस्रो खेलमा सरस्वती मावि ले वेस्टर्न क्रिस्टल एकेडेमीलाई ५–१ ले पछारेको छ । एकतर्फी देखिएको खेलमा सरस्वतीका खेलाडीहरुले वेस्टर्न क्रिस्टल एकेडेमीमाथी गोलको वर्षा गरेका हुन । खेलको पहिलो हाफको ८औ मिनेटमा सरस्वतीका जीवन जोशीले पहिलो गोल गरेर टिमलाई अग्रता दिलाए । त्यसपश्चात पनि सोही टिमका अर्का खेलाडी आशिष बिष्टले ११औ मिनेटमा अर्काे गोल गरे । पहिलो हाफमा वेस्टर्न क्रिस्टलका खेलाडी एलेक्स कार्किले १९औ मिनेटमा एक गोल फर्काएका थिए ।

त्यसपश्चात पहिलो हाफमा गोल हुन सकेन । तर खेलको दोस्रो हाफमा भने सरस्वतीका खेलाडीहरुले खेललाई एकतर्फी बनाएका थिए । दोस्रो हाफ सुरु भएको ६ मिनेटमै सरस्वतीका जीवन जोशीले व्यक्तिगत दोस्रो गोल गरे । त्यसअवस्था सम्म ३–१ को अन्तर रहेकोमा पुनः सरस्वतीका आशिष बिष्टले पनि व्यक्तिगत दोस्रो गोल गरेर टिमलाई ४–१ को बलियो स्थितिमा पु¥याए । त्यसमा खेलको दोस्रो हाफको २०औ मिनेटमा अन्तिम गोल गर्दै सरस्वतीका सुमित खड्काले टिमको जित सुनिश्चित गरे । खेलमा व्यक्तिगत दुई गोल गर्दै उत्कृष्ट खेल प्रदर्शन गरेका सरस्वतीका आशिष बिष्ट म्यान अफ द म्याच घोषित भए ।

यस्तै प्रतियोगिता अन्तरगत बिहिबारको तेस्रो खेल बराबरीमा रोकिएको थियो । दुर्गालक्ष्मी नमुना मावि र वेस्टर्न क्रिस्टल एकेडेमी आपसमा भिडेको उक्त खेलमा दुवै टिमका तर्फबाट १–१ गोल हुँदा खेल बराबरीमा रोकिएको हो । खेल सुरु भएसँगै पहिलो हाफको १९औ मिनेटमा वेस्टर्न क्रिस्टलका खेलाडी सुफिसेन तामाङले पहिलो गोल गरेर टिमलाई अघि बढाएका थिए ।

maya metro hospital

पहिलो हाफमा त्यसपश्चात दुवै टिमबाट गोल हुन सकेन । तर दोस्रो हाफको तेस्रो मिनेटमै दुर्गालक्ष्मीका सुरेश साउँदले गोल फर्काउदै टिमलाई बराबरीमा पु-याए । वेस्टर्न क्रिस्टलले त्यसपश्चात गोल गर्न सकेन भने दुर्गालक्ष्मी पनि त्यसपश्चात गोलरहित बन्यो । खेलको अन्त्यसम्म दुवै टिम बराबरीको अवस्थामा पुग्दा दुवैले समान अंक बाडेका छन । यसैबिच बिहिबारको अन्तिम खेल पनि बराबरीका टुंगिएको थियो । सरस्वती मावि र शैलेश्वरी माविबिच भएको खेलमा दुवै टिमले समान २/२ गोल गरेपछि खेल बराबरीमा टुंगिएको हो । प्रतियोगिता अन्तरगत शुक्रबार पनि ४ ओटा खेलहरु हुने आयोजकले जनाएको छ ।