खाेज्नुहाेस

अछाममा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु

Image
navjiwan hospital

अछाम – अछाममा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । बिहीबार कमलबजार–तुर्माखाँद सडकखण्डको मोटरकाटियामा सुपप्र ०१००८ प ४०३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री कमलबजार नगरपालिका–१ की ७२ वर्षीया मैसिरा ढकालको मृत्यु भएको हो ।

ढकालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ । मोटरसाइकल चालक तुर्माखाँद गाउँपालिका–५ बस्ने २३ वर्षीय लक्ष्मणबहादुर शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

attariya hospital