खाेज्नुहाेस

अमेरिका पठाउने भन्दै एक करोड ठग्ने कञ्चनपुरका एक जना पक्राउ

Image

धनगढी – वैदेशिक रोजगारीको प्रलोभन देखाई ठगी गर्ने कञ्चनपुरका भुवन कार्की पक्राउ परेका छन्। शुक्लाफाँटा नगरपालिका-१ निवासी २५ वर्षीय कार्कीलाई सोमबार काठमाडौं-१२ बाट पक्राउ गरिएको हो।

navjiwan hospital

प्रहरीका अनुसार कार्कीले अमेरिका पठाइदिने प्रलोभनमा बेरोजगार युवा-युवतीहरूसँग एक करोड रुपैयाँभन्दा बढी रकम ठगी गरेका थिए। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कार्कीलाई आकर्षक रोजगारीको आश्वासन दिएर ठगी गरेको आरोपमा पक्राउ गरेको हो।

attariya hospital

कार्कीले संकलित रकम लिएर सम्पर्कविहीन भएपछि पीडितहरू प्रहरीमा उजुरी गर्न पुगेका थिए। उनलाई थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय भद्रकाली पठाइएको छ।