
अत्तरिया – डडेल्धुराबाट लागू औषध सहित प्रहरीले एक युवक पक्राउ परेका छन् । मंगलबार राती ११ बजे आलिताल गाउँपालिका – १ चपरचानीबाट डोटीको जोरायल गाउँपालिका – ३ चनकट्टेका २२ वर्षीय जितेन्द्र खत्री पक्राउ परेका हुन ।

उनको साथबाट ०.४३ मिलिग्राम खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।