खाेज्नुहाेस

अछाम किशोरी मृत प्रकरण : अनुसन्धानका लागि प्रदेश प्रहरीको टोली खटियो

Image

अछाम – अछाममा शनिबार मृत अवस्थामा भेटिएका किशोरीको घटनाको अनुसन्धान गर्न सुदूरपश्चिम प्रदेश प्रहरीको टोली परिचालन भएको छ । शनिबार (माघ १२ गते) ढकारी गाउँपालिका– १ को छिन्ने जंगलमा ढकारी–८ पल्साताकी १५ वर्षीय सरस्वती खड्का र १४ वर्षीय इशरा खड्का मृत भेटिएको घटनाको अनुसन्धानका लागि प्रदेश प्रहरीको टोली परिचालन गरेको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) गणेश चन्दले जिल्ला प्रहरी कार्यालयले गरिरहेको अनुसन्धानलाई सघाउन प्रदेशबाट छुट्टै टोली परिचालन गरिएको बताए ।

attariya hospital
navjiwan hospital

जिल्ला प्रहरी कार्यालयले केही ब्यक्तिलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिररहेको छ तर अहिलेसम्म धेरै कुरा खुलेको छैन् । उनले भने, ‘अनुसन्धानलाई सघाउन प्रदेशबाट टोली परिचालन गरेका छौं, टोली पुगेर अनुसन्धान सुरु गर्छ ।’

शनिबार बाख्रा चराउन गएका दुवै किशोरी बेपत्ता भएका थिए । खोजी गर्ने क्रममा दुवै जना आइतबार मृत अवस्थामा फेला परेका थिए । जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) ईश्वरी भण्डारीले अनुसन्धानका लागि दुई जनालाई पक्राउ गरिएको बताए । उनीहरूमाथि अनुसन्धान जारी रहेको उनको भनाई छ । सोधपुछका लागि अन्य केहीलाई पनि वोलाईएको र सोधपुछ पछि छोडीएको बताईएको छ ।

डिएसपी भण्डारीले अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालय र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) सँग पनि सहयोग लिइरहेको बताए ।

maya metro hospital

मृतक किशोरीहरूको भेरी प्रादेशीक अस्पतालमा शव परीक्षण गरिएको तर रिपोर्ट आउन बाँकी रहेको बताईएको छ । उनीहरू शव आजै अछाम ल्याइने प्रहरीले जनाएको छ । मृतकका आफन्तले घटना शंकास्पद रहेकाले गहिरो अनुसन्धान हुनुपर्ने माग गरेका छन् । प्रदेश प्रहरी प्रमुख गणेश चन्दले आफू पनि घटनाका बारेमा बुझ्न चाँडै अछाम जाने बताए ।