
धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले बाकावीर र लोकराज ढकाललाई सहिद घोषणाका लागि सिफारिस गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अछामका बलदेव शाह (बाकावीर) र कैलालीको लम्कीचुहा–४ का लोकराज ढकाललाई गृह मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको हो।
राणा शासनविरुद्ध लड्दा मारिएका बाकाबीरलाई अछामको जिल्ला समन्वय समितिले सिफारिस गरेको थियो। ढकाललाई लम्कीचुहा नगरपालिकाले सिफारिस गरेको थियो। तत्कालीन तरुण दल कैलालीका सदस्यसमेत रहेका ढकाललाई तत्कालीन सशस्त्र विद्रोहीले ०५५ माघ ४ गते घरमा सुतिरहेको अवस्थामा हत्या गरेको थियो ।

















