खाेज्नुहाेस

अछाममा दुई किशोरी मृत्यु प्रकरण : छानबिनका लागि गृहमन्त्रीलाई ध्यानाकर्षण पत्र

Image

अछाम– अछाममा दुई किशोरीको मृत्यु भएको घटनाबारे छानबिन गर्न गृहमन्त्री रमेश लेखकलाई ध्यानाकर्षण पत्र बुझाईएको छ । जिल्लाका ३ जना जनप्रतिनिधिहरुले गृहमन्त्री लेखककै निवासमा पुगेर घटनाको सत्यतथ्य छानबिन गरिदिन भन्दै ध्यानाकर्षण पत्र बुझाएका हुन ।

navjiwan hospital

ध्यानाकर्षण पत्र बुझाउनेमा पूर्वमन्त्री तथा अछाम १ का सांसद शेरबहादुर कुँवर, अछाम २ का सांसद पुष्पबहादुर शाह र पन्चदेवल विनायक नगरपालिकाका नगरप्रमुख अम्बिका चलाउने रहेका छन ।
गृहमन्त्री लेखकले आफुले सुरुवात देखी नै घटनालाई गम्भीरतापुर्वक लिएको बताएको नगरप्रमुख अम्बिका चलाउनेले जानकारी दिईन । उनले त्यसका साथै घटनाको छानबिनका लागि प्रहरीले सुक्ष्म रुपमा अनुसन्धान थालेको समेत बताईन ।

attariya hospital

जिल्लाको ढकारी गाउँपालिका– ८ का १५ वर्षीया सरस्वती खड्का र १४ वर्षीया इशरा खड्काको गाउँपालिकाकै वडा नम्बर १ स्थित सुनघर सामुदायिक वनमा शनिबार बेलुकी शव फेला परेको थियो । शवको भेरी प्रादेशिक अस्पताल नेपालगन्जमा पोस्टमार्टम भइरहेको छ ।